जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार २२:००

रोल्पाका शनि बने पहिलो नेपाल लोक स्टार


काठमाडौं,  कात्तिक ८ । चाहना मिडिया प्रालिले आयोजना गरेको नेपाल लोक स्टारको उपाधि शनि विश्वकर्माले उचाल्नु भएको छ ।

विजेताले विश्वकर्माले करसहित नगद ५० लाख रुपैयाँ प्राप्त गर्नुभएको छ । उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो । ‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक छन् ।

प्रतियोगिताका दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्राप्त गरेका छन् । एपी वान टेलिभजनमा प्रशारण हुँदै आएको प्रतियोगिता फागुन १६ देखि सुरु भएको हो ।

१७ वर्षीय विश्वकर्मा लोक स्टारका गोल्डेन माइक पाउनुभएका प्रतिस्पर्धी हुनुहुन्छ। विश्वकर्माले थुप्रै चुनौतीका बाबजुत सांगीतिक यात्रालाई निरन्तरता दिनुभएको छ ।