जनता टाइम्स

२४ माघ २०८१, बिहीबार १५:३२

प्रेस चौतारी दोलखाको अध्यक्षमा समाजवादी प्रेस संगठन त्यागेका श्रीजन घिमिरे, यस्तो बन्यो टीम


काठमाडौं, माघ २४ । प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । बिहीवार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित भएको हो ।

घिमिरे केही समय अघि नेकपा एकीकृत समाजवादी निकट पत्रकार संगठन समाजवादी प्रेस संसठन त्यागेर मुल घर फर्कनुभएको थियो । एकता प्रक्रियालाई सहज बनाउने चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतकै गृहजिल्लामा नेतृत्व गर्ने अवसर सहित देशभर सन्देश दिइएको हो ।

अधिवेशनले उपाध्यक्षमा अर्जुन पाख्रिन र लाक्पाली शेर्पा निर्वाचित हुनुभएको छ । यस्तै अधिवेशनले सचिवमा गणेश बुढाथोकी, सहसचिवमा प्रकाश बस्नेत र सुजन थामी तथा कोषाध्यक्षमा फुर्वा तामाङलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरूमा मुना गुरुङ, देवराज मगर र प्रदीप सेन्चुरी निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले केन्द्रीय प्रतिनिधिमा प्रभु जिरेल, महेन्द्र श्रेष्ठ र शर्मिला बुढाथोकीलाई निर्वाचित गरेको छ । यस्तै बागमती प्रदेश प्रतिनिधि ताराबहादुर महत, उषा तामाङ र तारादेवी बस्नेतलाई निर्वाचित हुनुभएको छ ।