काठमाडौँ, फागुन ५ । प्रतिनिधिसभाको आइतबारको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । हाजिर गरेर सांसदहरू टाप कसेपछि आइतबारको बबैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८१ लाई संशोधन विधेयकलाई विचार गरियोस भन्ने प्रस्ताव पारित हुन सकेन ।
विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदहरूको संख्या कम्तीमा ६९ हुनुपर्नेमा त्यो नपुग भएको हो ।
सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा विपक्षी रास्वपा सचेतक निशा डाँगीले गणपूरक संख्या यकीन गर्न माग गरेकी थियो । संविधानको धारा ९४ बमोजिम गणपूरक संख्या यकीन गर्न उनले माग गरेकी थिइन् ।
संविधानको उक्त धारामा संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन भन्ने व्यवस्था छ ।
गणपूरक संख्याको प्रश्न उठेपछि सभामुखले तीन मिनेट घण्टी बजाएर गणना गर्न लगाएका थिए । बैठकमा उपस्थित संख्या ६८ मात्रै रहेको पाइएपछि बैठक स्थगित गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्