काठमाडौं, भदौ २७। काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँबाट प्रहरीले ७०५ सिलिण्डर ग्यास बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड गरिएको अवस्थामा सो परिमाणको ग्यास सिलिण्डर बरामद गरेको हो ।
ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय लुइँटेल मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर–२ का स्थायी वासिन्दा रहेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार बसुन्धारामा स्टोर ग्यास स्टोर सञ्चालन गरेका लुइँटेलले प्रतिसिलिन्डर २ हजार ७५० रुपैयाँमा ग्यास बेच्ने गरेको भेटिएको छ ।
बरामद सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन् । आरोपीले नयाँ सिलिन्डर ५ हजारमा बेच्ने गरेको पनि एसपी कार्कीले जानकारी दिनुभयो । संयोग नै मान्नुपर्छ, यति धेरै मात्रामा कालोबजारी भएको ग्यास बरामद गरिएको काठमाडौंको गैह्रीगाउँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को घर भएको स्थान हो ।














प्रतिक्रिया दिनुहोस्