जनता टाइम्स

२४ बैशाख २०७६, मंगलवार १३:४१

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन सुरु, हेर्नाेस लाइभ भिडियो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति कार्यक्रम समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नका लागि ल्याइएको प्रष्ट पार्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो ।

‘राती देख्ने सपना होइन, यहाँ देश बनाउने सपना हो, यो निदाएको बेला, राती देख्ने सपनाको कुरा गरेको होइन । जागैमा देख्ने सपना हो, समृद्धि र बिकाशको सपना हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले देश बनाउनका लागि नीति कार्यक्रममा सपना देखिएको भन्दै राती देख्ने सपनाको कुरा नगर्न सुझाउनु भयो । ‘नीति तथा कार्यक्रमले राष्ट्र निर्माण गर्ने सपना देखेको छ, संकल्प पनि बोकेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

हेर्नाेस लाइभ भिडियो

https://www.facebook.com/jantatimes/videos/696424644148493/