काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्व पुरस्कृत हुनुुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो ।
प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य तथा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्मान प्रदान गर्नुभएको हो । पुरस्कृत हुनेहरुमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा ९सिन्धुपाल्चोक०, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा ९मोरङ०, कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ ९गोरखा०, विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाण्डौ) र हरिराम श्रेष्ठ (गोरखा) हुनुुहुुन्छ ।
यस्तै चिकित्सा क्षेत्रतर्फ डा.ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी ‘साम्बा’ (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी ९भक्तपुर०, समाजसेवातर्फ दिलशोभा श्रेष्ठ ९काठमाण्डौ० र रामजी अधिकारी (गोरखा) पुरस्कृत हुनुुभएको छ । प्रधानमन्त्री ओलीले समाजमा सकारात्मक काम गर्नेलाई राज्य र समाजले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्