जनता टाइम्स

९ चैत्र २०८१, शनिबार १२:२७

पत्रकार सिंहको निधन


काठमाडौं, ९ चैत। पत्रकार एवं राजनीतिकर्मी माथवर सिंह बस्नेतको निधन। ७९ वर्षको उमेरमा बस्नेतको आज बिहान ९ ः ३० बजे निधन भएको हो।

उनलाई हृदयघात भएपछि उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा शुक्रबार भर्ना गरिएको । उनको उपचारकै क्रममा निधन भएको हो ।

पुनर्जारण साप्ताहिक पत्रिका प्रकाशन गर्ने बस्नेत राससका पूर्व अध्यक्ष समेत हुन्। भक्तपुर निवासी बस्नेत नेपाली कांग्रेसमा आवद्ध थिए।

भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले १ बजेसम्म शवलाई श्रदाञ्जलीको लागि राखिएको र त्यसपछि अन्तिम दाहसंस्कार गरिने  जानकारी दिनुभयो ।