काठमाडौं, ९ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहास बनिसकेकाहरूले पुनः टाउको उठाउने कोसिस गरिरहेको भन्दै त्यो सम्भव नहुने बताउनुभएको छ। शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अहिलेको सरकारमा रहेका दलहरूको कामकै कारण इतिहास बनिसकेकाहरूले टाउको उठाउने प्रयास गरेको जिकिर गर्नुभयो । ‘यो सरकारका कारणले इतिहासका कुडाकर्कटमा गइसकेकाहरू पनि टाउको उठाउने दुस्साहस गरिरहेका छन् । यद्यपि त्यो टाउको धेरै उठ्नेवाला छैन,’ प्रचण्डले भन्नुभयो । उहाँले चैत १५ गतेसम्म पुग्दा नपुग्दै त्यो सकिने दाबी गर्नुभयो ।
‘आउने १५ गतेसम्म पुग्दा नपुग्दै त्यो त सकिनै हाल्छ,’ प्रचण्डले भन्नुभयो । समाजवादी मोर्चामा सहभागी दलहरूले आगामी १५ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ । अध्यक्ष प्रचण्डले पछिल्लो पटक आफूहरू जनतासँगको अभियानमा लाग्दा छुट्टै खुसी मिलेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्