जनता टाइम्स

११ चैत्र २०८१, सोमबार २०:४१

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत


काठमाडौं, ११ चैत्र । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको छ । निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उनले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको हो ।
निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गर्नुभएको हो ।  त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।