जनता टाइम्स

१२ चैत्र २०८१, मंगलवार ०७:२६

प्रधानमन्त्री ओली बिमस्टेक बैठकमा भाग लिन बैंकक जाने


काठमाडौं, १२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १९ देखि २३ गतेसम्म थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने बिमस्टेक बैठकमा भाग लिन त्यसतर्फ जाँदै हुनुहुन्छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको हो। भ्रमण दलको नेतृत्व गर्दै प्रधानमन्त्री त्यसतर्फ जाने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
भ्रमण दलमा परराष्ट्रमन्त्री आरजु राणा सहभागी हुनुहुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमण गर्नुहुने भएको छ ।