काठमाडौं, १२ चैत्र । कबाड व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको टेकु डिपोमा धर्ना दिएका छन् । कबाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाले जफत गरेको साइकल र सामान फिर्ताको माग गर्दै टेकु डिपोमा धर्ना दिएका हुन् । उनीहरुले आज आफनो कमाइ खाने साधन खोसेर राखेको भन्दै आज महानगरको डिपोमै धर्ना दिएको संर्घष समितिले जनाएको छ । महानगरले आफूहरुमाथि ज्यादती गरिरहेको भन्दै कबाड व्यवसायीले विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आइरहेको छ । महानगरले महानगर क्षेत्रभित्र जोखिम बढेको भन्दै कबाडी कारखानाहरु जबरजस्ती हटाइरहेको छ ।
काठमाडौं महानगरपालिकाको टेकु डिपोमा कबाड व्यवसायीको धर्ना

प्रतिक्रिया दिनुहोस्