जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १२:५६

नेपाल सम्वत ११४० को यसरी गरियो स्वागत


काठमाडौँ, कात्तिक १२

नेवार समुदायले धुमधामका साथ नेपाल सम्बतको स्वागत गरेका छन् । राजधानीका विभिन्न स्थानमा बिहानै र्‍याली निकालेर उनीहरुले नेपाल संवत् ११४० को स्वागत गरेका हुन् ।

यस सम्बतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल सम्बतको शुरुवात् गराएको विश्वास गरिन्छ ।