जनता टाइम्स

१५ चैत्र २०८१, शुक्रबार १७:३१

बंगलादेशको शैलीमा राजावादीले लुटे कोटेश्वरको भाटभटेनी सुपर स्टोर


काठमाडौं, १५ चैत्र । राजावादीहरूको समूहले कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा लुट मच्चाएका छन् । बंगलादेशमा एक वर्षअघि गरिएकै शैलीमा उनीहरूले भाटभटेनीमा लुट मच्चाएका हुन् ।

तीनकुनेबाट लखेटिएपछि कोटेश्वर क्षेत्रमा पुगेको राजावादीको एउटा समूहले भाटभटेनीमा पहिले आगजनी र तोडफोड गरे । त्यसपछि सम्भावित आन्दोलनको चिन्ताले सटर बन्द गरिएको भाटभटेनीमा राजावादीको समूहले लुट मच्चाएको हो । राजावादीले भाटभटेनीमा लुट मच्चाउने क्रममा आफूखुसी सामान उठाउँदै लगेका थिए । उनीहरूले लुटका क्रममा ढुंगामुढासमेत गरे ।