जनता टाइम्स

२८ चैत्र २०८१, बिहीबार १०:०१

‎विद्युत् अवरुद्ध हुँदा कर्णालीमा नेपाल टेलिकमको सेवा सञ्चालनमा कठिनाइ


सुर्खेत । कर्णालीमा विद्युत् आपूर्ति नहुँदा नेपाल टेलिकमको सेवाहरू सञ्चालन गर्न कठिनाइ भइरहेको छ । ‎नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेतका अनुसार बिहीबार बिहानदेखि केही स्थानका सेवाहरू सञ्चालन हुन सकेको छैन । ‎‎बुधवार रातिको हावाहुरीले गर्दा कर्णालीमा रातिदेखि नै विद्युत् अवरुद्ध छ ।‎ विद्युत् प्राधिकरणका अनुसार हावाहुरी सहितको पानीको कारण कोहलपुर-सुर्खेत ३३ केभी र कुइने-बाबियाचौर-वीरेन्द्रनगर ३३ केभी दुबै खण्डमा समस्या आएको छ ।

‎‎विद्युत् आपुर्ति नहुँदा कतिपय स्थानका उपकरणहरु संचालनको लागि आवश्यक ब्याट्री पावर  व्याकअप ‎न्युन हुन गई कम्पनीको सेवाहरू अवरुद्ध हुन पुगेको टेलिकमका प्रादेशिक निर्देशक मधुसुदन दाहालले बताए। ‎कम्पनीले सम्भव भएसम्म Portable Generator  मार्फत सेवा सञ्चालन गर्न हर प्रयास गरेको समेत उनले बताए । विद्युत् अवरुद्ध हुने बित्तिकै कर्णालीमा नेट, इन्टरनेटमा समेत समस्या आउने गरेको छ।