जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार १६:३९

हाइप्रोफाइल जुवाडेलाई सर्वाेच्चको झडका, थुनामुक्त गर्न अस्वीकार गर्दै प्रहरीलाई दियो यस्तो आदेश


काठमाडौं, कात्तिक १३ । दुई करोड ६७ लाख रकमसहित काठमाडौंको महाराजगन्जबाट पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडेप्रति सर्वोच्च अदालत कठोर बनेको छ । बन्द्र प्रत्यक्षीकरणको रिटमार्फत थुनामुक्त हुन चाहेको हाइप्रोफाइल जुवाडेहरुलाई सर्वाेच्चले थुनामै राखेर कारबाही अघि बढाउन प्रहरीलाई आदेश दिएको हो ।

सर्वाेच्च अदालतका न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका सबैलाई म्याद तामेल गरेर हाजिर गराउन आदेश दिएको छ । महाराजगन्जको साम्बाला होटेलपछाडि विक्रम गौतमको घरमा सञ्चालित जुवाको खालमा प्रहरीले गत आइतवारको मध्यराती छापा मारी क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई पक्राउ गरेको थियो । उनीहरुको तिहार हिरासतमै बितेको छ ।

सर्वाेच्चले आइतबार निवेदन दिएका ६ जना र सोमबार तथा बुधबार निवेदन दिएका ८ जना गरी सबैलाई हाजिर गराउन आदेश दिएको हो । आज पक्राउ परेकामध्ये शम्भु बुढाथोकी, होमप्रसाद चौलागाई, साङगे शेर्पा र ग्याल्जे लामाको बन्दी प्रत्यक्षीकरण निवेदन परेको थियो । यसअघि सोमबार सर्वाेच्चमा ईन्द्र श्रेष्ठ, प्रेम थापा मगर, रामकृष्ण श्रेष्ठ र अशोक श्रेष्ठको निवेदन परेको थियो ।
महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको टोलीले गत शनिबार राति पक्राउ गरेका २५ जुवाडेमध्ये ६ जनाले गत आइतबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएका थिए ।

यसअघि समातिएका ६ जनालाई पनि प्रहरीले आज सर्वोच्च अदालत उपस्थित गराएको थियो । पुराना ६ र पछिका ८ जनाको गरी सबैको बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।आइतबार बलराम सापकोटा, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ती लामाका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो ।