काठमाडौ, २९ चैत्र । नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापालाई एसएमएसमार्फत धम्की दिएको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ। सो आरोपमा रुपन्देही सैनामैना नगरपालिका–११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले पक्राउ गरेको हो। उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस पठाएका थिए। थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद समेत दिनुभएको
छ । यस्तै थापाले सामाजिक सञ्जालमा पन्त परिचय खुल्ने कागजात समेत पोष्ट गर्नूभएको छ ।
सूर्य थापालाई धम्कीपूर्ण एसएमएस पठाउने २९ वर्षीय युवक पक्राउ












प्रतिक्रिया दिनुहोस्