काठमाडौँ, १० वैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य महेश बस्नेतले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तुलना स्व. गिरिजाप्रसाद कोइरालासँग गर्नुभएको छ । बुधवार सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै महेशले ओलीको तुलना कोइरालासँग गर्नुभएको हो । उहाँले लेख्नुभएको छ – यो मुलुकमा सबैभन्दा धेरै पुत्ला जलाइएका नेता स्व. गिरिजाप्रसाद कोइराला थिए। किन भने उनी कहिल्यै भिडको भावनामा बहिएनन्,’कहिलेकाहीँ आफ्नै सभामा, आफ्नै विरुद्ध नाराबाजी हुँदा पनि उनी डगमगाएनन्।’
आज सबैभन्दा धेरै गाली खाने नेतामा ओली पर्नुभएको उहाँले लेख्नुभएको छ। त्यसपछि ‘किन ? ’ भन्ने प्रश्न गर्दै ६ बुँदामा कारण दाबी गर्नुभएको छ ।
जसमा उहाँँले ओली विदेशीको सामु घोडा नटेक्ने नेता, जनताको सार्वभौम सत्ताको पक्षमा रहेको, सामाजिक सद्भावको पक्षमा रहेको, राष्ट्रिय एकताको पक्षमा रहेको, जनताको सार्वभौम सत्ताको पक्षमा रहेको र समृद्ध नेपाल सुखी नेपालीको पक्षमा रहेको भन्ने बुँदा उल्लेख छ।
‘उहाँ कहिले भिडको सेन्टिमेन्ट क्याच गरेर बोलेर लोकप्रिय बन्ने प्रयास गर्नुहुदैन
सत्य जे हो, त्यही बोल्नुहुन्छ। निडर भएर,’ महेशले अगाडि भन्नुभएको छ ।
भीडलाई खुसी पार्ने भाषण गरेर, सोसियल मिडियाको ट्रेन्डअनुसार बोलेर तत्कालका लागि हाइहाइ पाउने नेता धेरै नेपालमा धेरै जन्मेका उल्लेख गर्दै उहाँले दीर्घकालसम्म हाइहाइ हुने नेता भने सत्य बोल्न र देशको हितमा सतिसालझैँ उभिन सक्ने पात्र मात्र हुने दाबी गर्नूभएको छ। ‘त्यो के पी ओली भएको ,’ महेशले दाबी गर्नुभएको छ ।
ओलीसँग तत्काल लोकप्रिय हुनसक्ने कला ‘नभएको होइन’ भनी महेशले दाबी गर्नुभएको छ। उहाँले अगाडि लेख्नुभएको छ , ‘तर उहाँ क्षणिक फाइदा होइन, दीर्घकालीन प्रभाव हेरेर बोल्नुहुन्छ, काम गर्नुहुन्छ। सत्यसँग लड्दैनन् शक्तिसँग झुक्दैनन्।’
यसैलाई ‘क्लास’ भन्दै उहाँले लेख्नुभएको छ , ‘त्यसैले मन देखि भनिन्छ, के पी बा–आई लभ यु’, महेशले अन्तिममा लेख्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्