काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा गर्दै पहलगाम आतंकवादी हमलाप्रति दुःख व्यक्त गर्नुभएको
छ । प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री ओलीले फोन वार्ताबारे जानकारी गराउँदै सामाजिक संजाल एक्समार्फत यस्ता पाशविक आतंकवादीहरूमाथिको लडाइँमा भारतलाई साथ रहेको प्रष्ट पार्नुभएको छ।
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद, आतंकवादविरुद्ध भारतलाई नेपालको साथ

प्रतिक्रिया दिनुहोस्