जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार ०८:४३

यौन सम्पर्कपछि पुरुषले गर्ने गल्ती यस्ता छन्


यौन सम्पर्कपछि पार्टनरले, खास गरी पुरुषले के–के गल्ती गरिरहेको हुन्छ? त्यसो त यौन सम्पर्कमा पुरुष पार्टनरले आफ्नो मात्र सन्तुष्टिलाई ध्यान दिएको देखिन्छ । प्राकृतिक रूपमा पनि वीर्य स्खलनसँगै पुरुषले चरमसुख प्राप्त गर्ने र लगत्तै यौनांगमा शिथिल हुन्छ । फेरि यौन उत्तेजनामा आउन पुरुष लिंगलाई केही समय लाग्छ । जबकि, महिलामा यौन उत्तेजना आउन र चरमसुख प्राप्त गर्न अलि बढी समय लाग्छ । महिलाले एकपछि अर्को अर्थात् चरमसुखलगत्तै शिथिलतामा नगई लगातार उत्तेजनामा रही चरमसुख प्राप्त गरिरहन सक्छ । त्यसैले महिला र पुरुषले एकै समयमा चरमसुख प्राप्त गर्छन् भन्ने हुँदैन ।

प्रायः पुरुष यौन सम्पर्कपछि ती कार्य गरिरहेका हुन्छन्, जुन महिलालाई मन पर्र्दैन । खासमा सफल यौन कार्यका लागि दुवै जना मनैदेखि समर्पित हुनु अनिवार्य छ । तर, विवाहित दम्पतीबीच नै सही, विशेषतः पुरुष पार्टनरले यौन कार्यपछि गर्ने कतिपय व्यवहारले उनीहरू सेक्सप्रति गम्भीर थिएन वा तिनीहरू स्वार्थी भएको देखिन्छ । यस्तो व्यवहारप्रति महिला पार्टनरले तत्काल गुनासो गरिहाल्दैनन् तर मनमा साँचेर राख्न सक्छन् । यौन कार्यलगत्तै सेक्ससँग असम्बन्धित अन्य कार्यमा लाग्नाले आफ्नो पार्टनरप्रति कर्तव्यनिष्ठ छैन भन्ने बुझिन्छ ।

निदाउने बानीः अधिकांश दम्पतीमा यो समस्या हुन्छ । कतिपय पुरुष पार्टनर यौन सम्पर्कपछि तुरुन्त निदाउँछन् । सेक्स गरेपछि पनि यौनिक हँसीमजाक गरी थप मज्जा लिन सकिन्छ । तर, यौन सम्पर्कलगत्तै निदाइहाल्ने बानीले सेक्सको मज्जा घटाउँछ ।

सफा गर्न हतार गर्ने बानीः यौन सम्पर्कअघि प्राक्क्रीडाको क्रममा सँगै नुहाउने, नुहाउँदै यौन क्रियाकलाप गर्ने बानीेले सम्भोगलाई बढावा दिन्छ । तर, श्रीमान् वा श्रीमती नै भए पनि कतिपय यौन साथीलाई वीर्य वा योनिरस निकै असहज लाग्छ । यस्तो परिस्थितिमा कोही–कोही यौन सम्पर्कलगत्तै सफा गर्न हतारिन्छन् । यस्तो व्यवहारले कतै अप्रिय कार्य पो गरियो कि भन्ने सन्देश जान्छ । यौन कार्यप्रति नै गलत प्रभाव पर्छ । बरु, यौन कार्यलगत्तै सफा कपडा वा प्याड प्रयोग गरेर सम्पर्कपछि पनि आलिंगन गर्दै आपसी चुम्बनलाई निरन्तरता दिँदा थप मज्जा हुन्छ ।

साथीलाई समय दिनेः अफिस तथा अन्य ठाउँका साथीसंगीलाई भोलिपल्ट वा पछि फोन सम्पर्क वा इमेल च्याटिङ गर्न सकिन्छ । त्यसैले यौन सम्पर्कका क्रममा आनन्द लिनुको सट्टा मिस्डकल वा एसएमएसप्रति ध्यान पु¥याउन थाल्यो भने वास्तविक यौन आनन्द लिन पाइँदैन । यस्तो बानीले यौन कार्यप्रति रुचि छैन भन्ने बुझाउँछ । यसलाई बाध्यताका रूपमा लिएको हो कि भन्ने भान हुन्छ ।

पढाइ वा कामः यौन कार्यलगत्तै काम गर्न थाल्यो वा पढ्नमा व्यस्त हुन थाल्यो भने यौन साथीले यौन सम्पर्कप्रति फरक सोच बनाउँछ । छिटो–छिटो यौन कार्य सिध्याउन चाहेको ठानेर कालान्तरमा दाम्पत्य सम्बन्धमा नै समस्या आउन सक्छ । यौन क्रिया हतारमा गर्ने कार्य हुँदै होइन । बच्चा भएका महिलाकोे यस्तो बानी हुन्छ । बच्चा उठ्छ कि भनेर उनीहरूलाइ हतार भइरहेको हुन्छ । यसले पुरुष यौन साथी झिँजिने हुन्छ ।

छुट्टै सुत्नेः यौन सम्पर्कलगत्तै तकिया, सिरक च्यापी अर्को खाट वा ओच्छ्यानतिर लाग्नु जिम्मेवार यौन साथीलाई सुहाउँदैन । यस्तो व्यवहारले आफ्नै यौन साथीले आपूmलाई लत्याएको ठानी पछि–पछि यौन क्रियाकलापमा सहभागी हुन् अर्को यौन साथीले आनाकानी गर्न सक्छ ।

फेरि खाना खानेः प्रेमालाप गर्नुअघि मिष्ठान्न वा यौनवद्र्धक खाना खानु लाभप्रद हुन्छ । तर, यौन कार्यलगत्तै फेरि भान्छातिर चहार्न थाल्यो भने यौन साथीले निको मान्दैन । आफ्नो यौन पार्टनरलाई यौनको होइन पेटको भोक लागेको रहेको रहेछ भन्ने निक्र्यौल निकाल्छ । यौन कार्य गर्दा पनि खानेकुराबारे पो सोचिरहेको थियो कि भन्ने लाग्न सक्छ ।