काठमाडौं, २३ वैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल गभर्नर नियुक्तिमा कुनै समस्या नभएको बताउनुभएको छ । राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको देउवाको भनाइ छ ।
मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको जिकिर गर्नुभयो ।
‘गठबन्धनमा कुनै समस्या छैन । गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंक भित्रकै समस्याले हो,’ देउवाले भन्नुभयो ।उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्त हुन ढिला नभएको पनि प्रष्ट पार्नुभयो। ‘ओलीजीका कारणले गर्भनर नियुक्त हुन ढिलो भएको होइन,’ उहाँले भन्नुभयो ।
दुई सत्तारुढ दलबीच आपसमा कुरा मिल्न नसक्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको चर्चा हुँदै आएको थियो । पछिल्लो पटक देउवा र ओलीबीच गभर्नर नियुक्तिमा सहमति भइसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्