जनता टाइम्स

१६ कार्तिक २०७६, शनिबार १९:०४

देशभर हर्षोल्लासका साथ मनाइयो छठ पर्व : अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (फोटोफिचर)


काठमाडौं, कात्तिक १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरी र कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको छ । शनिबार साँझ गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति भण्डारीले छठ पूजा गर्नुभएको हो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलगायत उपस्थित हुनुहुन्थ्यो । उपराष्ट्रपति पुनले पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको आज मुख्य दिन हो। आज तराईका जिल्लाहरुमा पनि हर्षाेल्लासका साथ छठ पर्व मनाइएको छ । यस पर्वको अवसरमा उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन्। छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ। तराईका जिल्लाहरु पनि बेहुली झै सिंगारिएको छ । हेर्नाेस तस्विरमा छठ पर्व ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ।