काठमाडौं, २५ वैशाख । भारत र पाकिस्तानबीच चुलिएको तनावका कारण नेपाल-भारत सीमा नाकामा पनि कडाइ गरिएको छ ।
करिब एक सातादेखि नै अन्य समयको तुलनामा चेकजाँचलाई बढी कडाइ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुयभो। सीमा नाकामा चेकजाँच नियमित प्रक्रिया भए पनि हाल आवतजावत गर्ने मानिसहरूलाई बढी निगरानी गर्न थालिएको हो। सूचना संकलन र शंका लागेका व्यक्तिको परिचयपत्र हेर्नेसहितको चेकजाँचमा कडाइ गरिएको हो।
सीमा नाकाबाट गलत मानसिकताका मानिसहरूको प्रवेश रोक्ने कुरा भएअनुसार चेकजाँच तथा निगरानीमा कडाइ गरिएको प्रजिअ अर्यालले बताउनुभयो । सीमा नाकामा भारततिर भारतका सुरक्षाकर्मी र नेपालतिर नेपालका सुरक्षाकर्मीले निगरानी बढाएका हुन्।
प्रतिक्रिया दिनुहोस्