जनता टाइम्स

२८ बैशाख २०८२, आईतवार १२:०८

कालीगण्डकी नदीबाट अवैध उत्खनन गर्ने श्रृङ्खला बढेको भन्दै राष्ट्रिय जनमोर्चाद्वारा सरकारको ध्यानाकर्षण


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै अध्यक्ष केसीले प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा नझिक्नु भनेर सर्वोच्च अदालतले आदेश गर्दापनि कर्मचारी र जनप्रतिनिधिहरु मिलेर दोहन गरिरहेको आरोप लगाए । नउले तत्काल उक्त नदीबाट बालुवा, ढुङ्गा गिटी उत्खनन नरोकिए नदी छेउको बाटो नै भासिने जोखिम रहेको बताए ।