जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार ०९:११

नेकपा सचिवालय बैठक विहान ११ बजे बस्दै, मन्त्रिपरिषद् पनि आजै


काठमाडौं, कात्तिक १८ ।   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (सोमवार) बस्दैछ। विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेश प्रमुख नियुक्तीका विषयमा छलफल हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सरकारको सिफारिसमा सातै प्रदेशका प्रमुखलाई हटाएपछि पद रिक्त रहेको छ। हिजै नियुक्तीको तयारी गरिएपनि नेकपाभित्र सहमति हुन नसकेपछि आज सचिवालय बैठक बस्न लागेको हो।

सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखको नाममा सहमति गरेसँगै मन्त्रीपरिषद बैठक बसेर नियुक्तीको निर्णय गर्नेछ। मन्त्रीपरिषदको बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ। यसअघि हिजै बेलुकी मन्त्रीपरिषदको दोस्रो बैठक बोलाइएपनि सचिवालय बैठकमा सहमति नभएपछि आजका लागि सारिएको हो।