जनता टाइम्स

५ जेष्ठ २०८२, सोमबार १६:००

बाढीपहिरोले तिलगाउँवासी विस्थापित, अन्नबाली सखाप भएपछि राहतको पर्खाइमा


सिमकोट (हुम्ला) : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमपहिरोले क्षति पु¥याएको छ । यही जेठ १ गते राति आएको बाढीपहिरोले तिलगाउँमा सिँचाइ, जलविद्युत्, खानेपानीलगायत संरचनामा क्षति पु¥याएको हो । नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तिलगाउँभन्दा माथि रहेका दुई हिमताल भासिँएका छन् । हिमताल भाँसिएपछि गाउँमा बाढीपहिरो आएको उहाँले बताउनुभयो । “हिमताल फुटेका होइनन्, जमिन नै भासिएको हो”, वडाध्यक्ष तामाङले भन्नुभयो । आइतबार नौ घण्टा हिँडेर उहाँको टोली ताल भासिएको ठाउँमा पुगेको थियो । “लेदो र पहिरो आउने क्रम रोकिएको छ । यहाँका बासिन्दा त्रसित छन्”, उहाँले भन्नुभयो ।

खोलाको दूषित पानी पिउँदै स्थानीय तिलगाउँका १९ परिवारका ३३ जना गाउँमा बाढीपहिरो आएपछि खोलाको दूषित पानी पीउन बाध्य छन् । खानेपानीका पाइप र मुहानमा क्षति पुगेको वडाध्यक्ष तामाङले बताउनुभयो । “गाउँमा ल्याइएको खानेपानीको मुहान नै बगाएको छ । पाइप फुटेका छन् । स्थानीयले खोलाको धमिलो पानी पिउन थालेका छन्”, उहाँले भन्नुभयो । त्रिपालमुनिको बास तिलगाउँमा बाढीपहिरो आएपछि यहाँका ३३ जना विद्यालय नजिकै पाल टाँगेर बस्दै आएका छन् । गाउँमा बूढापाका र बालबालिका मात्रै छन् । उनीहरु पहिरोको त्रासले तिलगाउँभन्दा टाढा त्रिपालमुनि बस्न थालेका छन् । “दिउँसो खानेकुरा लिन गाउँमा आउने गरेका छन्, राति सुत्न भने त्रिपाल टाँगेकै ठाउँमा फर्किने गरेका छन्”, वडाध्यक्ष तामाङले भन्नुभयो ।

गाउँका अन्य युवायुवती रोजगारीका लागि तिब्बत गएका छन् । हिमपहिरोले विभिन्न भौतिक पूर्वाधारदेखि खेतीयोग्य जमिनमा क्षति पु¥्याएको छ । जलविद्युत् आयोजनामा क्षति बाढीले गाउँ नजिक रहेको १५ किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । अहिले यहाँका बासिन्दा बिजुलीबिहीन अवस्थामा छन् । मोबाइलमा चार्ज गर्न समस्या भएको स्थानीयले बताएका छन् । पाक्न लागेको उवा बाली पनि सबै सखाप भएको छ । उवा बाली सबै बगाएपछि स्थानीयवासी राहतको प्रतीक्षामा रहेका वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।