जनता टाइम्स

७ जेष्ठ २०८२, बुधबार ०८:५५

पौडी पोखरीमा डुबेर युवकको मृत्यु, आठजना पक्राउ


काठमाडौँ, ७ जेठ ।  भरतपुर महानगरपालिका– २२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका-७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए।साथीहरूसँग पौडी खेल्न गएका निजलाई डुबेको भेटेपछि उनका आठजना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई हिरासतमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।