जनता टाइम्स

७ जेष्ठ २०८२, बुधबार १२:३९

हिमताल फुटेर आएको बाढीबाट प्रभावित गाउँनमा ६ दिनपछि राहत सामग्री पठाइयो


हुम्ला । हिमताल फुटेर आएको बाढी र पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँमा ६ दिनपछि राहत सामग्री पठाइएको छ। ‎हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन ब्यवस्थापन समितिबाट चामल लगायतका राहत सामग्रीहरु पठाइएको जानकारी दिए ।

‎‎उनका अनुसार १० क्वीन्टल चामल, १०० लिटर तिल, दुई क्वीन्टल नुन, दुई क्वीन्टल नै चिनी, ३० क्वीन्टल मैदा, १‘१ क्वीन्टल भुजा, चिउरा, १० पोकेट चिया पठाइएको छ। ‎‎यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरु पठाइएको उनले बताए। ‎चारवटा त्रिपाल र १० बाख्रा सिमेन्ट पनि पठाइएको छ । ‘सिमीकोटबाट हामीले गाडीमा सामान पठाएको हो, यतिवेलासम्म पुगिसक्यो होला,’ उनले भने ।

‎तिलगाउँमा बाढी र पहिरोका कारण १८ वटा घरधुरी प्रभावित छन्। ‎गाउँ नजिक पहिरो पुग्दा बस्ती नै जोखिममा परेकाले तिलगाउँवासी खोलापारी फाँटमा बसिरहेका छन् । ‎‎बाढी र पहिरोले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसा लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएपछि तिलगाउँवासीको आवत–जावत र दैनिक जीवन कष्टकर बनेको छ। ‎यद्यपि अहिलेसम्म बाढीले बस्ती जोखिममा पारेको र भौगर्भिक अध्ययन हुन सकेको छैन।