जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार १४:०३

मन्त्रीबिरुद्ध नै चल्यो अदालतमा ठगी मुद्दा


कञ्चनपुर, कात्तिक १८ । एकपछि अर्का आइप्राफाइल ब्यक्तिहरु कानूनी दायरामा आइरहेको बेला सुदुरपश्चिम प्रदेशमा पनि हाइप्राफाइल नेताबिरुद्ध अदालतमा मुद्दा दायर भएको छ । झन्डै १६ करोड रुपैयाँ ठगी गरेको अभियोगमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल पनि मुछिएका हुन ।

भीमदत्त नगरपालिका भाँसीस्थित जनज्योति एजुकेसन फाउन्डेसनको १५ करोड ६७ लाख ५० हजार सेयरबापतको रकम ठगी गरेको भन्दै मन्त्री रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको हो । राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद हुन ।

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावल जनज्योति बहुमुखि क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष तथा सेयर सदस्यसमेत हुन । जनप्रतिनिधिहरूमा यसरी ठगी मुद्दा लाग्नेमा मन्त्री रावल सुदूरपश्चिम प्रदेशका ‘हाइ प्रोफाइल’ व्यक्तिमध्ये एक हुन । मन्त्री रावलसहित क्याम्पसका ३६ जना सेयरधनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा सेयर ठगी तथा कागज पत्र किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

ताराप्रसाद जोशी, रुकमणि जोशीसहित १० जनाले उनीहरूविरुद्ध ठगी तथा कागज किर्तेसहित ३५/३६ अभियोग लगाउँदै मुद्दा दायर गरेको जिल्ला अदालत कञ्चनपुरका शाखा अधिकृत नवराज पाण्डेयले जानकारी दिनुभएको छ । शाखा अधिकृत पाण्डेयका अनुसार २०७५ साउन ७ गते बहालवाला राज्यमन्त्री रावलसहित ३६ सेयर सदस्यविरुद्ध मुद्दा दायर भएको हो । बिवरणअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावलले ५ लाखमा एक सेयर देवराज पनेरुलाई बिक्री गरेका थिए ।

मुद्दा दर्ता भएको तीन महिनाको अवधिमा केही अदालत हाजिर भएको र तीमध्ये अधिकतम अभियुक्त धरौटीमा रिहा भएको जिल्ला अदालतले जनाएको छ । अन्यको हकमा म्याद बाँकी रहेकाले सोही म्यादभित्र उनिहरू हाजिर हुने छन् ।
मुद्दामा मुछिनेमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख तथा त्यही अध्यापन गराइरहेका शिक्षकसमेत रहेका सेयर सदस्य रहेका छन ।

यी हुन मुद्दा आरोपी

१. कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का प्रकाश रावल
२. कञ्चनपुरको बेलौरी नगरपालिका–४ का भोलानाथ शर्मा
३. काठमाडौँ महानगरपालिका–८ बस्ने मनोरथ जोशी
४. काठमाडौं महानगरपालिका–११ बस्ने श्रीधर न्यौपाने
५. काठमाडौंको नागार्जुन नगरपालिका –२ का श्यामराज दली
६. कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का अम्वादत्त जोशी
७. भीमदत्त नगरपालिका–१८ का इन्द्रराज बडू
८. भीमदत्त नगरपालिका–१८ का कृष्णबहादुर शाह
९.गुल्मीको तम्घासका राजेन्द्र थापा
१०.काभ्रे कुसादेवी–२ का गीताकुमार होमेगाई
११.काठमाडौं महानगरपालिका–७ का सुरेश ओझा
१२. भीमदत्त नगरपालिका–१२ भवानी प्रसाद पन्त
१३. भीमदत्त नगरपालिका–३ का खेमलाल घिमिरे
१४.भीमदत्त नगरपालिका–२ का माधवप्रसाद जोशी
१५.भीमदत्त नगरपालिका–१८ का माधवप्रसाद जोशी
१६.भीमदत्त नगरपालिका–४ का माधवप्रसाद जोशी
१७.भीमदत्त नगरपालिका–१८ का रामप्रसाद घिमिरे
१८.भीमदत्त नगरपालिका–६ का शंकर दत्त भट्ट
१९.भीमदत्त नगरपालिका–६ का सुरेशचन्द्र भट्ट
२०.भीमदत्त नगरपालिका–२ का शिवदत्त जोशी
२१.भीमदत्त नगरपालिका–१८ का हरिराम चौधरी
२२.महाकाली नगरपालिका–९ का हरिसिंह खाती
२३.भीमदत्त नगरपालिका–३ की मुना बम
२४.भीमदत्त नगरपालिका –१८ की उमा जोशी
२५.बैतडीको दोगढाकेदार गाउँपालिका–१ का केशवदत्त जोशी
२६.भीमदत्त नगरपालिका–४ का प्रमानन्द जोशी
२७.भीमदत्त नगरपालिका–१५ का प्रजापती नेगी
२८.भीमदत्त नगरपालिका–३ का विशाल जोशी
२९.लमजुङ दूध पोखरी गाउँपालिका–२ का मिन प्रसाद दवाडी
३०.दार्चुलाको महाकाली नगरपालिका–९ का गजेन्द्रसिंह कार्की
३१.भीमदत्त नगरपालिका–२ का हजारी सिंह पुजारा
३२.सप्तरी बनरझुला–७ का नागेन्द्र प्रसाद चौधरी
३३.पर्वतको पपुवा–७ का गंगाधर पौडेल
३४. भीमदत्त नगरपालिका–१८ का धमेन्द्र गिरी
३५.भीमदत्त नगरपालिका–१९ का नवराज जोशी र
३६.भीमदत्त नगरपालिका –१८ वीरेन्द्रसिंह साउद