जनता टाइम्स

१८ कार्तिक २०७६, सोमबार १७:१४

पूर्वसभामुख महरा पुर्पक्षका लागि जेल चलान


काठमाडौं, कात्तिक १८

पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

थुनछेक बहस सकिलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश सुदर्शन राज पाण्डेको एकल इजलासले महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागार चलान गरिने भएको छ ।