जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार ०६:४६

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा नारायणहिटीमा नारायणपूजा


काठमाडौं, ११ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले सपरिवार नारायणहिटी परिसरभित्र रहेको चतुर्व्यूह नारायण धाममा आज पूजाअर्चना गर्नुभएको छ। पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार शनिबार साँझ पूर्वराजा शाह पूर्वरानी कोमल शाह, नाति हृदयेन्द्रसहित उक्त मन्दिरमा पुग्नुभएको थियो । नारायणस्थान मन्दिरमा नारायणको दर्शन गर्न सवारी भएको संस्कृतिविद् जगमान गुरुङले जानकारी दिनुभयो । उक्त मन्दिरमा सर्वसाधारणका लागि पनि खुला छ। उक्त मन्दिरमा पूर्वराजा शाहको परिवार नियमित दर्शन तथा पूजाअर्चनाका लागि जाने गरेका छन्।