जनता टाइम्स

१९ कार्तिक २०७६, मंगलवार ०९:४६

नेकपा नेता झक्कु सुवेदीलाई हर्ट अट्याक, आईसीयू राखेर उपचार हुँदै


काठमाडौं, कात्तिक १९ । नेकपा नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । हृदयघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उहाँको शल्यक्रिया गरिएको छ । काठमाडौंबाट सोमबार दाङ यात्रमा निस्किएका सुवेदीलाई थानकोट नपुग्दै हृदयघात भएको सुवेदीका ज्वाइँ मधु उप्रेतीले बताउनुभयो ।

दाङ जाने क्रममा थानकोट नपुग्दै सुवेदी गाडीभित्रै बेहोस भएपति त्यसपछि गाडी फर्काएर नर्भिक अस्पताल ल्याएर उपचार गरिएको उप्रेतीले जानकरी दिनुभयो ।

चिकित्सकहरूले सुवेदीलाई ‘मेजर हर्ट अट्याक’ भएको जनाएका छन् । चिकित्सकले बताएअनुसार सुवेदीको मुटुको दायातर्फको भल्भ पूर्णरूपमा बन्द भएको थियो । उहाँको सोमबार दिउँसो नै सफल शल्यक्रिया गरिएको छ । अहिले उहालाई अति सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । नेकपा अध्यक्ष प्रचण्डले मंगलबार बिहान नर्भिक अस्पताल पुगेर सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।