जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार १६:४२

संघीय सरकारको बजेट तथा कार्यक्रम : दमकमा अन्तर्राष्टियस्तरको रङ्गशाला बन्ने 


काठमाडौं, १५ जेठ । झापाको दमकमा अन्तर्राष्टियस्तरको आधुनिक रङ्गशाला निर्माण हुने भएको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा संघीय सरकारको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले दमकमा अन्तराष्ट्रिय स्तरको रङ्गशाला बनाउने घोषणा गर्नुभएको हो ।

यसै गरी काठमाडौंको कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैँया विनियोजन भएको छ ।

काठमाडौंको मूलपानी, मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाको कामका लागि ४२ करोड रुपैँया विनियोजन गरिएको छ ।

खेल पूर्वाधार र संरचनामा लगानी बढाउन निजी क्षेत्रलाई समेत आकर्षित गर्ने कार्यक्रम सरकारले ल्याएको छ ।

चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्याङ्कनका आधारमा सशर्त अनुदानको व्यवस्था गरिएको  छ ।