जनता टाइम्स

१५ जेष्ठ २०८२, बिहीबार १८:१७

ज्येष्ठ नागरिक भत्ता पाउन ७० वर्ष पुग्नु पर्ने, दुर्गम क्षेत्र र लक्षित वर्गको उमेर भने यथावत् 


काठमाडौं, १५ जेठ । आउने आर्थिक वर्षबाट ज्येष्ठ नागरिक भत्ता पउनको लागि ७० वर्ष उमेर पुग्नु पर्ने भएको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हालको ६८ वर्षको उमेरलाई बढाएर ७० वर्ष पुर्‍याएको जानकारी दिनुभयो । नेपालीको सरदर आयु बढेको कारण ज्येष्ठ नागरिक भत्ता पाउने उमेरको हद बढाउनु पर्ने माग आएको थियो ।

उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनका आधारमा सो उमेर बढाएको पौडेलले जानकारी दिनुभयो । हाल भत्ता प्राप्त गरिरहेका दुर्गम क्षेत्र र लक्षित वर्गका ज्येष्ठ नागरिकका लागि भत्ता पाउने उमेर भने यथावत् राखिएको उहाँले बताउनुभयो ।