जनता टाइम्स

१६ जेष्ठ २०८२, शुक्रबार १२:१४

डाइभर्सन मर्मतपछि कान्तिलोकपथ सञ्चालनमा


बागमती : हेटौडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक सञ्चालनमा आएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-८ स्थित बागमती खोलामा वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सो सडक अवरुद्ध भएको थियो । उक्त स्थानमा पुनः डाइभर्सन मर्मत गरिएपछि आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले उक्त सडक खण्डमा पर्ने बगुवा पुलको बेलिब्रिज पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएको छ । यस्तै, बिहीबार बिहान उक्त सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ भर्‍याङडाडाँमा माथिबाट खसेको ढुङ्गासहितको सुख्खा पहिरो खसेकामा पहिरो हटाइएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।