जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार ०८:४२

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै


काठमाडौं, २१ जेठ ।  आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो ।

सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नुहँदा सरोकारवाला चिन्तित छन् । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन् ।

जातीय छुवाछूत कानूनतस् दण्डनीय अपराध हो । नेपालको संविधानले नै सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।

दिवसका अवसरमा आज सरोकारवालाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राज्यका उच्च पदस्त व्यक्तिहरूले पनि दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै छुवाछूतमुक्त राष्ट्रका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।