जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार २१:२१

कांग्रेसले तोक्यो उम्मेद्वार, देउवाले एकलौटी गरेपछि पौडेल–सिटौला पक्षले गर्यो बैठक बहिष्कार


काठमाडौं, कात्तिक २० । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन हुने प्रतितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षकाृ बहिष्कारबीच सभापति शेरबहादुर देउवाले उम्मेद्वार तोक्नुभएको हो ।

आज बसेको काँग्रेस पदाधिकारी बैठकले उम्मेद्वार चयन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । प्रवक्ता शर्माका अनुसार प्रतिनिधिसभाको एक मात्र क्षेत्र कास्की–२ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ। यस्तै प्रदेशसभातर्फ बागलुङ–२ को (ख) मा जित शेरचन, दाङ–३ को (ख) मा केशव आचार्य र भक्तपुर १ को (क) माकृष्ण भँडेललाई टिकट दिइएको छ ।

बरिष्ठ नेता पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र कोषाध्यक्ष सीतादेवी यादवले बैठक छाडेर हिडेपछि देउवाले यी नाम घोषणा गर्नुभएको हो । पार्टी पदाधिकारी बैठकमा समूहगत शक्ति सन्तुलन नमिलेपछि संस्थापन इतर पक्ष बैठक छाडेर बाहिरिएको थियो ।