जनता टाइम्स

२९ जेष्ठ २०८२, बिहीबार १७:३०

एयर इन्डियाको विमान दुर्घटना : पाँचजना होस्टलका विद्यार्थीको मृत्यु, जहाजमा सवार जीवित भेटिने सम्भावना न्यून


काठमाडौं, २९ जेठ । भारतको अहमदाबादस्थित बीजे मेडिकल कलेजमा एयर इन्डियाको उडान दुर्घटनाग्रस्त हुँदा पाँच जना मेडिकल विद्यार्थीहरूको मृत्यु भएको खुलेको छ ।

आज लण्डनका लागि अहमदावाद विमानस्थलबाट उडे लगत्तै दुर्घटना भएको जहाज मेडिकल कलेको होस्टलमा गएर ठोक्किँदा पाँजजनाको विद्यार्थीको मृत्यु भएको हो । दुर्घटनामा धेरै विद्यार्थी घाइते एका छन् ।

जहाजमा रहेका २४२ जनामा कोही पनि जीवित हुने सम्भावना न्यून रहेको बताइएको छ । हालसम्म १२० भन्दा धेरैको शव निकालिएको छ । उद्दार जारी छ ।