काठमाडौं, कात्तिक २२ । चर्चित उद्योगपति रुप ज्योति यतिबेला प्रहरी हिरासतमा छन । शक्तिको आडमा निमुखामाथि शासन गर्दै आफूले गरेको अपराधको अनुसन्धान नै हुन नदिने रुप ज्योति प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारले अघि बढाएको कानूनी राज कायम गर्न र अपराधमा संलग्न ब्यक्तिको ओहदा वा पैसा नहेर्ने तीतिका कारण प्रहरी हिरासतमा पुगेका हुन ।
तात्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि अर्थसहायक मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका रुप ज्योति कसरी हिसारतको यात्रामा पुगे त ? अर्वपति ब्यापारी एउटा निमुखा नागरिकलाई शक्तिको आडमा ग७न खोज्दा ७० बर्ष कटेका अर्वपति ब्यापारीमाथि यस्तो बिपत्ति आइलागेको हो । उनको अपराधको कारण छोरीसमेत प्रहरी हिरासतमा पुगेकी छन ।
यसरी पुगे रुपज्योति प्रहरी हिरासत
रुप ज्योतिले आफ्नो व्यापारको क्षेत्र विस्तार गर्ने क्रममा २०७० सालतिर हाउजिङ र रियल स्टेटमा हात हाले । सस्तो मूल्यमा नै घर उपलब्ध गराउने भन्दै ल्याण्डमार्क डेभलपर्स नामक रियल स्टेट कम्पनी खोले, । यही कम्पनीको नामबाट महाराजगञ्जमा जग्गा खरिद गरी प्लानिङ गरियो । त्यही स्थानमा घरहरु निर्माण गर्न सिई कन्स्ट्रक्सन नामक कम्पनीलाई जिम्मासमेत दिइयो । यता, ज्योति समूहको लगानी रहेको ल्याण्डमार्क डेभलपर्सले सस्तो मूल्यमा घर निर्माण गरी हस्तान्तरण गरिदिने भन्दै सर्वसाधरणबाट पैसा उठाउन थाल्यो । सवैले पत्याउने प्रतिष्ठित ब्यापारिक घराना भएको कारण रुप ज्योतिको हाउजिङमा सर्वसाधरणको आकर्षण नहुने कुरै भएन ।
बिश्वासका साथ गल्कोपाखा, काठमाडौँका विज्ञेन्द्रकृष्ण मल्लले पैसा बुझाए । मल्लले नक्सा हेरेर हाउजिङकै सुरुवातमा रहेको जग्गा रोजे र जग्गाका लागि १० लाख रुपैयाँ अग्रिम बैना बुझाए । ७ आना जग्गामा बन्ने उक्त घर व्यावसायिक र आवासीय दुबै प्रयोजनका लागि हुने मल्ललाई बताइयो । ल्याण्डमार्कले जिम्मा दिएपछि सिई कन्स्ट्रक्सनले पनि २०७१ को असार महिनाबाटै आवासीय तथा व्यावसायिक घर निर्माण अघि बढ्यो । ल्याण्डमार्क डेभलपर्सले घर बनाउने र बेच्ने जिम्मा पनि सिई डेभलपर्सलाई दिएपछि मल्लले २०७१ सालकै भदौमा घरका लागि तिर्नुपर्ने बाँकी पैसा १ करोड २६ लाख ७५ हजार रुपैयाँ बुझाए । यसरी मल्लले ७ आना क्षेत्रफलमा बन्ने घरका लागि घर बन्नु अघि नै १ करोड ३६ लाख ७५ हजार रुपैयाँ ज्योति समूहको ल्याण्डमार्क डेभलपर्स र सिई कन्स्ट्रक्सनलाई दिए ।
करिब २ वर्षमा घर निर्माण सकियो । तर मल्लले जुन जग्गा र जग्गामा बनेको घरका लागि अग्रिम रकम बुझाएका थिए, त्यो जग्गा र घर रुप ज्योतिले नै आँखा लगाए । मल्ललाई दिएनन । सो घरजग्गाको साटो अर्काे दिने प्रस्ताव गरे । घर निर्माण सुरु नहुँदै जग्गा रोजेका र रकम बुझाएका मल्लले रुप ज्योतिको त्यो प्रस्ताव अस्वीकार गरी आफूलाई कुनै पनि हालतमा त्यही जग्गा र घर चाहिने बताए । शक्तिको आडमा सवैतिर खरिद गर्ने रुप ज्योतिको योजना थियो । मल्ल चुप बसेनन । उनी महानगरीय प्रहरी परिसर टेकुमा पुगि रुप ज्योतिविरुद्ध ठगीको उजुरी लिएर गए । तर प्रहरीले लिनै मानेन । प्रहरीले उजुरी नलिएपछि उनले गृहमनत्रीलाई सम्बोधन गरी निवेदन लेखे । मल्लको निवेदन आएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै कारवाही अगाडि बढाउनु भन्ने निर्देशन दियो ।
गृह मन्त्रालयको निर्देशन आएलगत्तै प्रहरीले विज्ञेन्द्रको सोही निवेदनलाई आधार मान्दै यसबारेमा खोजी सुरु गर्यो । अनुसन्धानका क्रममा विज्ञेन्द्रले पैसा बुझाएर पनि घर नपाएको पाइएपछि प्रहरीले सिई कन्स्ट्रक्सनका आधिकारिक व्यक्ति र ल्याण्डमार्क डेभलपर्सका सञ्चालक रुप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट आदेश लियो । तर ठगीको उजुरी परेपछि आफू पक्राउ पर्ने निश्चित जस्तै भएपछि रुप ज्योतिले सर्वोच्च अदालतमा निवेदन दिई पक्राउ नगर्न अन्तरिम आदेश माग गरे ।
जिल्ला अदालतबाट पक्राउको आदेश लिएको प्रहरी सर्वोच्च अदालतबाट पक्राउ नगर्न आदेश आएलगत्तै ब्याक भयो । ती सवै काम रुप ज्योतिले पैसाको आडमा गरेका थिए । उनले मल्लको उजुरीमाथि आफ्नो पद र शक्तिको प्रयोग गर्दै अनुसन्धान नै हुन नदिने अनेकन प्रयाश गरे । रुपज्योतीकै दवावमा यो मुद्दा त्यत्तिकै थाती रह्यो । तर गत मंगलबार सर्वोच्चले रुप ज्योतिको रिट निवेदन खारेज गर्दै जिल्ला अदालत काठमाडौँको निर्णय सदर गरेपछि उनलाई पक्राउ गर्ने बाटो खुल्यो
जिल्ला अदालतबाट पक्राउको आदेश लिएको प्रहरी सर्वोच्च अदालतबाट पक्राउ नगर्न आदेश आएलगत्तै ब्याक भयो । ती सवै काम रुप ज्योतिले पैसाको आडमा गरेका थिए । उनले मल्लको उजुरीमाथि आफ्नो पद र शक्तिको प्रयोग गर्दै अनुसन्धान नै हुन नदिने अनेकन प्रयाश गरे । रुपज्योतीकै दवावमा यो मुद्दा त्यत्तिकै थाती रह्यो । तर गत मंगलबार सर्वोच्चले रुप ज्योतिको रिट निवेदन खारेज गर्दै जिल्ला अदालत काठमाडौँको निर्णय सदर गरेपछि उनलाई पक्राउ गर्ने बाटो खुल्यो । बिहिबार राती ९ बजे उनी एअरपोर्टबाट पक्राउ परे ।
अर्वाैं सम्पत्तिका मालिक तथा ‘प्रतिष्ठित’ व्यापारी रुप ज्योति एउटा निमुखाको सम्पत्ति हडप्ने षडयन्त्रमा लाग्दा प्रहरी हिरासतमा पुगेका हुन । पक्राउ परेका रुप ज्योति समूहका उपाध्यक्ष हुन । स्याकार कम्पनी, हिमाल आइरन तथा स्टिल कम्पनी, हिमाल तार, हिमाल अक्सिजन, भाजुरत्न इञ्जिनियरिङ लगायतका कम्पनीका मालिक पनि हुन उनी । त्यति मात्रै होइन पछिल्लो समय सरोगेसीका लागि भन्दै खोलिएको कान्तिपथको ग्राण्डी सिटी क्लिनिकका सञ्चालकसमेत हुन ।
प्रतिक्रिया दिनुहोस्