सिरहा, ७ असार । सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले हिंसात्मक रुप लिएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन् ।छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोक कुमार महतो हुन्, उनी गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् र हाल गोलबजार–४ मा भाडाको कोठामा बस्दै आएका थिए ।
घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको हो । प्रहरीका अनुसार ती युवती अचानक अशोक बस्दै आएको कोठामा पुगिन् र छुरा प्रहार गरिन् । त्यसपछि आफैँ घरको छतबाट हामफालेर भाग्ने प्रयास गर्दा उनी पनि घाइते भएकी छन् ।अशोकको हाल गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको छ भने युवती सामान्य घाइते भएकी छन् ।स्थानीयहरूका भनाइ अनुसार ती युवक र युवतीबीच पहिले देखिनै प्रेम सम्बन्ध थियो, तर पछिल्लो समय झगडा चर्कँदै गएको थियो । हाल प्रहरीले युवतीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको छ । घटनाको पछाडि के कारण थियो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्