जनता टाइम्स

१२ असार २०८२, बिहीबार ०६:४०

वाग्मतीसहित यी चार प्रदेशमा हुनेछ धेरै भारी वर्षा


काठमाडौं, १२ असार ।  सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । केही प्रदेशमा भारी र केहीमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोसी प्रदेशको तराई भूभागका तथा मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले बताएको छ ।