जनता टाइम्स

२५ बैशाख २०७६, बुधबार १६:३८

मालपोतका कर्मचारीविरुद्ध अख्तियारको मुद्धा


काठमाडौं, वैशाख २५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोही कट्टा गरिदिन्छु भनी सेवाग्राहीसँग घुस लिने भूमिसुधार तथा मालपोत कार्यालय बाराका खरिदार र एक बिचौलियाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

मालपोत कार्यालय कलैयामा विचाराधीन रहेको मोहीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सोही कार्यालयका खरिदार रामजीप्रसाद साह र बिचौलिया खड्गभक्त शर्मा खरेलले एकापसमा मिलेमतो गरी सेवाग्राहीसँग रु २३ हजार घुस लिएको पुष्टि भएपछि आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

उनीविरुद्ध जनही बिगो रु २३ हजार जरिवाना र कैद सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । उनीहरुले सेवाग्राहीसँग घुस लिँदालिँदै गर्दा आयोगको कार्यालय मकवानपुरबाट खटिएको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।