जनता टाइम्स

२८ श्रावण २०८२, बुधबार १७:२१

हेरिटेज ग्रुप अफ इन्ड्रष्टिजका अध्यक्ष ढकाल धितोपत्र बोर्डको सञ्चालक सदस्य नियुक्त


काठमाडौं, साउन २८। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल धितोपत्र बोर्डको सञ्चालक सदस्य नियुक्त हुनभएको छ ।

निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै ढकाल बोर्डको सञ्चालकमा नियुक्त हुनुभएको हो । नेपालको बैंक वित्त तथा पुँजी बजारमा उहाँको ज्ञान रहेको छ । बोर्डमा निजी क्षेत्रबाट संचालकमा नियुक्त हुने गरेको छ । ब्यवसायी ढकाल हेरिटेज ग्रुप अफ इन्ड्रष्टिजका अध्यक्ष हुनुहुन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको तर्फबाट उहाँलाइ सेबोन सदस्यका रुपमा मनोनयन गरी पठाउनु भएको हो । सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएसँगै ढकालले आफ्नो कार्यभार सुरु गर्नुभएको छ ।