जनता टाइम्स

४ भाद्र २०८२, बुधबार ११:१८

एनएमबि बैंकको नयाँ अटो लोन योजना : अव मात्र ७.१३% प्रतिशत ब्याजदरमा ब्यक्तिगत सवारी साधन


काठमाडौं, भदौं ३ । एनएमबि बैंकले नाडा अटो शो मा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै बिशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले केवल ७. १३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी ब्यक्तिगत सवारी साधन किन्न सक्नेछन । बैंकले यो योजना सिमति अवधीका लागि मात्र ल्याएको जनाएको छ र आवेदन प्रकृया सहज र सचिलो बनाइएको बैंकले जनाएको छ । बैंकका अनुसार इलेक्ट्रिक सवारी साधन किन्न चाहने ग्राहकहरुका लागि एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुनेछ ।

एनएमबि बै.कले यस अफर मार्फत बातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो बिकाश तथा हिरत भविश्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयाश दिगो बिकाशमा टेवा पुर्याउने र ग्राहक केन्द्रमा राखेर सेवाहरु उपलब्ध गराउने प्रतिवद्धताको एउटा उदाहरण हो ।

यस अफरबारे थप जानकारी एनएमबि बैंकको नजकिको शाखा वा नाडा अटो शोमा रहेको एनएमिबि बैंकको स्टल नम्बर इ २४ मा बैंकको तर्फबाट उपस्थिति हुने प्रतिनिधिमार्फत लिन सकिने छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सनन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।