काठमाडाैं, भदौ १० । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले हरितालिका तीजको पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण आमा तथा दिदीबहिनीहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
मन्त्री थापाले मंगलबार शुभकामना सन्देश जारी गर्दै तीज केवल पर्व मात्र नभई महिलाहरूको हक, अधिकार, आत्मसम्मान र सामाजिक पहिचानलाई अझ सशक्त बनाउन सक्ने महत्वपूर्ण अवसर भएको बताउनुएकाे छ ।
‘नेपाली समाजमा तीजले ल्याउने सामाजिक, सांस्कृतिक र पारिवारिक एकताको भावना अत्यन्त महत्वपूर्ण छ,’ मन्त्री थापाले सन्देशमा लेख्नु भएकाे छ ‘यो पर्व महिला अधिकार, लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको सन्देशसहित मनाउन आग्रह गर्दछु।’
उहाँले वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य, शिक्षा र सशक्तीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी योजना ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभएकाे छ । स्वास्थ्यप्रति सचेत रहँदै तीजको उल्लासपूर्ण वातावरणमा सहभागी हुन सबै दिदीबहिनीहरूलाई आह्वान गर्दै मन्त्री थापाले लेख्नु भएकाे छ, ‘हरेक महिलाको स्वास्थ्य सुरक्षित होस्, घर–आँगनमा तीजको उल्लास छाओस्।’
यस अवसरमा उहाँले सम्पूर्ण महिलाहरूको सुस्वास्थ्य, दीर्घायु, समृद्धि र पारिवारिक सुख–शान्तिका लागि हार्दिक मंगलकामना व्यक्त गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्