जनता टाइम्स

१० भाद्र २०८२, मंगलवार २०:२२

उखु किसानको अनुदान रकम निकासा, पर्सिसम्म खातामा पुग्ने


काठमाडौं, १० भदौ ।  सरकारले उखु किसानले गत आर्थिक वर्ष २०८१/०८२ मा उखु बेचेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले ७० करोड रुपैयाँ निकासा गरेको छ ।

कृषि मन्त्रालयले गरेको प्रस्ताव बमोजिम सोही रकम विभिन्न ८ जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत उखु किसानलाई भुक्तानी गर्नेगरी निकासा गरिएको मंगलबार अर्थ मन्त्रालयले जनाएको हो । उखु किसानले यसअघि पाउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ नै अनुदान पाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् ।

तर सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान हिसाब गरेर रकम निकासा गरेको हो । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका किसानहरूसँग वार्ता भइरहेको मन्त्रालयले जनाएकको छ ।