काठमाडौं, भदौ १२ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाल शिक्षक महासंघले उठाएको माग प्रति नेकपा एमाले संवेदनशील रहेको बताउनुभएको छ ।
पार्टी कार्यालयमा धर्ना बस्न पुगेको शिक्षकहरूलाई सम्बोधन गर्दै महासचिव पोखरेलले शिक्षासम्बन्धी कानुन निर्माणको प्रक्रिया अपरिहार्य विषयको रूपमा रहेको प्रष्ट पार्नुभयो । शिक्षक महासंघ लगायत शिक्षक संगठनहरूले विद्यालय शिक्षा एने तुरुन्त चाहियो भनिरहनु भएको छ, त्यो कुरालाई सहजीकरण गर्ने सन्दर्भमा हाम्रो पार्टी समेत सहभागी भएर शिक्षा मन्त्रालय र शिक्षक महासंघका बिचमा ९ बुँदे सहमति भएको कुरा सबैलाई जानकारी छ, हाम्रो पार्टी त्यही ९ बुँदे सहमति प्रति प्रतिबद्ध छ’, उहाँले भन्नुभयो ।
पोखरेलले संसद्ले कानुन बनाउँदा सो कुरामा ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले प्रतिनिधि सभामा ती कुरा छुटेका छन् भने राष्ट्रिय सभाबाट भए पनि ती बुँदालाई समावेश गर्नुपर्ने उहाँको धारणा छ ।












प्रतिक्रिया दिनुहोस्