जनता टाइम्स

१२ भाद्र २०८२, बिहीबार २१:१६

वाग्मतीका मुख्यमन्त्री सहित शीर्ष नेताद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अवलोकन


हेटौँडा, भदाै १२। वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठसहितले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको पुरानो र नयाँ भवन अवलोकन गर्नुभएकाे छ ।

बिहीबार भएको कार्यक्रममा नेतृवर्गले अस्पतालको भौतिक संरचना, सेवाको अवस्था र आगामी योजनाबारे जानकारी लिनुभएकाे छ। सो अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेका काम, आगामि याेजना, चुनाैती र सम्भावना लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिनुभयो ।

अवलोकन तथा अन्तरक्रियामा सहभागीहरूले प्रतिष्ठानलाई दीर्घकालीन रूपमा स्वास्थ्य शिक्षा र गुणस्तरीय सेवा प्रवाह गर्ने केन्द्रका रूपमा विकास गर्न आवश्यक तयारी तत्काल अघि बढाउनुपर्नेमा जोड दिनुभएकाे छ ।