जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार ११:२८

सत्तामा नहुदाको छटपटि हो कांग्रेसको यो – प्रधानमन्त्री


एउटा लोकतान्त्रिक पार्टीले लोकतान्त्रिक संस्थाहरुको लोकतान्त्रिक प्रक्रिया र प्रणालीको लगातार धज्जी उडाउने, लगातार खोइरो खन्ने, राष्ट्रपतिले मेरो सरकार भन्नुभो । भारतका राष्ट्रपतिले पनि मेरो भन्दा महाराजा भए त । लगातार भारतका राष्ट्रपतिहरुले त्यही भनेर सम्बोधन गर्नुहुन्छ संसदलाई । त्यहा पनि सम्मानित राष्ट्रपतिको स्थान छ । त्यहा पनि राष्ट्रपतिय शासन होइन प्रधानमन्त्री कार्यकारी हुने व्यवस्था छ । दुई सदनात्मक संसदीय व्यवस्था नै छ । सयुक्त सदनलाई सम्वोधन गर्दछन् राष्ट्रपतिले । र राष्ट्रपतिले मेरो सरकार नभनेर कसको सरकार भन्छ त ?

के निहु पाउ कनिका फुकाउ भन्छ नि । लोकतन्त्रको सार तत्वमा बहस गरौं न । नीति तथा कार्यक्रमको सार तत्वमा बहस गरौं । यो देश नीति तथा कार्यक्रमले अगाडी बढाउछ कि बढाउदैन । अहिलेको आवश्यकता सम्बोधन गर्दछ कि गर्दैन । त्यसमा बहस गरौं । यसका राजनीतिक, आर्थिक, सामाजिक र सास्कृतिक नीतिहरुमा बहस गरौं । संसद जस्तो गरिमामय ठाउमा ‘राष्ट्रपतिको सरकारको प्रधानमन्त्री’ के भनेको त्यो ? मजाक गर्ने विषय हो त्यो ? त्यसमा विचार राख्न सकिन्छ । छेडपेछ गर्ने विषय हो त्यो ? यस्ता कुराहरु एउटा लोकतान्त्रिक पार्टीले गम्भिरतापूर्वकका साथ लिनुपर्छ ।

पृथकतावादी कुराहरु आउछन्, नेपाली कांग्रेस विरोध गर्दैन्, हिसाको कुरा आउछन्, नेपाली कांग्रेस विरोध गर्दैन । हिंसा नियन्त्रण गर्ने कुरा आउछ, नेपाली कांग्रेस विरोध गर्दछ । लोकतान्त्रिक संस्थाका कुरा आउछन् नेपाली कांग्रेस विरोध गर्छ । राज्यको सर्वोच्च निकायको लगातार विरोध गर्छ । किन कांग्रेसमात्र राष्ट्रपतिको ठाउमा हुनुपर्ने, कांग्रेस बाहेक गैरकांग्रेस राष्ट्रपतिको ठाउमा हुदा खोइरो खन्नुपर्ने । एउटा राष्ट्रको प्रमुखको अपमान गर्नुभनेको आफ्नै अपमान गर्नुहो । राष्ट्रकै अपमान गर्नु हो । राष्ट्रपति राज्यका निकायको सर्वोच्च सस्था हो । कहिले को राष्ट्रपति हुन्छ, सधै एउटै त एउटै राष्ट्रपति हुदैन । तर, राष्ट्रपतिको सर्वोच्च सस्थाको गरिमा मर्यादा राखेर बोलिन्छ ।

विपक्षी दलका नेता समेत अमर्यादित भाषा शब्द बोलेर हिड्नु हुन्छ । म धेरै कुरा केही भन्न चाहान्न । म यति भन्न चाहान्छु कि लोकतान्त्रिक शक्ति, व्यक्ति र संस्थाले आफु बाहेक अरु पनि लोकतान्त्रिक हुन्छन् भन्ने मान्नुपर्दछ । लोकतान्त्रिक विधी, प्रक्रिया र लोकतन्त्र भएको एउटा सभ्य व्यवस्था हो । लोकतन्त्र भनेको असभ्य व्यवस्था होइन् । मुख छाड्ने प्रतिष्पर्धा लोकतन्त्रमा हुदैन । विकास, विचारको प्रतिष्पर्धा हुन्छ । मैले अगाडीदेखि नेपाली कांग्रेसलाई आग्रह गर्दै आएको छु । केही प्रतिक्रियावादी शक्तिहरु अनुचित आशाका साथ लोकतान्त्रिक शक्ति, लोकतान्त्रिक प्रणालीलाई अपमान गर्न र यसलाई जनतामा वितृष्णा फैलाउनका लागि राष्ट्रवादीमाथि विरोध । हिजो एकछिन आफुले भनेजस्तो भएन भने सभामुखको अपमान गर्न, अपमानजनक व्यवहार गर्न नेपाली कांग्रेसहरु तयार हुनुभयो ।

नेपाली कांग्रेसको एउटा परिपक्व लोकतान्त्रिक व्यवहार जनताले अपेक्षा गरेका छन् । मैले मात्र होइन् सबैले । एउटा लोकतान्त्रिक इतिहास बोकेका पार्टी हो । त्यसले जसो पायो त्यसो भन्ने होइन् । मलाई प्रश्न सोध्ने नाममा कस्ता खालका वचनहरु बोलिए । मैले ति वचनहरुको हिसाव गर्ने होइन्, त्यस कारण मैले त्यही भने । मप्रति जुन अमार्यादित तरिकाले बोलिएको छ । त्यस्ता शब्दहरु निम्छरा कुरा यस्तामा अल्झिन तर प्रश्नका जवाफहरु दिन्छु भनेको थिए । मेरो अपमान गरिएको थियो । मलाई तथानाम बोलिएको थियो । तर, मैले भनेकी म यस्ता कुराहरुमा अल्झिन्न । प्रश्नका जवाफ दिन्छु भन्दा असंसदीय व्यवहार भो । कहा भो असंसदीय व्यवहार, जस्ता शब्दहरु संसदमा बोलिए, प्रश्न सोध्ने नाममा जे जे बोलियो, एउटा मर्यादित तरिका हुदैन ।

म पति यत्तिकै कुदेर गएर प्रधानमन्त्रीको कुर्सीमा बसेको होइन् । नेपाली जनताको अभिमतबाट नेपाली जनताको मतबाट छानिएको संसदबाट राम्रै बहुमतले छानिएको, कसैलाई मन नपर्ला बेग्लै कुरा हो । आम जनताले त मन पराएको छ नि । कमसे कम लोकप्रिय बहुमत मैले प्रतिनिधित्व गरेको छु । कसैलाई मन नपर्नु बेग्लै कुरा हो । त्यसको पनि सम्मान गर्नुपर्छ । म मन नपर्न सक्छु तर, मन नपरेपनि जथाभावी बोल्नु बान्छनिय हुदैन । उहाले संसदमा जे व्यवहार देखाउनु भयो, यो अनौठौ छ । त्यसो नगर्नु पथ्र्यो, नेपाली कांग्रेसले । उहाहरु जथाभावी भष्ट्रचारी भन्दै हिड्नुहुन्छ मान्छेहरुलाई । मैले भने, कुनै प्रमाणित नभएको, एउटा मर्यादित ओहदाको जिम्मेवार व्यक्तिलाई उहाहरु मुख छाड्न सक्नुहुन्छ अप्रमाणित ढंगले । कुनै अदालतले प्रमाणीत नगरेको, दोष नदेखाएको त्यस्तो अवस्थामा मैले न्यायाधिश हुनुपर्दछ र । म तपाईलाई निर्दोष भन्नका लागि न्यायाधिश हुनुपर्दछ म ।

नेपाली कांग्रेसले यस्ता विषय उठाएर । विषय नपाएको हो, राम्रो छ कार्यक्रम, केही टिप्पणी गर्नुछैन, अनेक विषय होलान् नि त । अनि निँहु खोज्ने कता गएर । कांग्रेसले धेरै कुरामा पुर्नविचार गर्नुपर्छ भन्ने ठान्छु । लोकतान्त्रिक इतिहास छ, तर आजको कांग्रेसले आफ्ना सांसदहरुलाई संसदीय मर्यादा, संसदीय अभ्यासका बारेमा प्रशिक्षण गर्नुपर्छ भन्ने ठानेको थिए । तर, जब नेताहरु नै अगाडी लागेर अझ चर्को व्यवहार प्रकट गरिरहेको अवस्थामा कांग्रेसका नेताहरु यसो गर्दा पनि राम्रो हुन्थ्यो जस्तो पनि देखिएन । म कांग्रेसका नेताहरुलाई भन्न चाहान्छु, लोकतान्त्रिक प्रणाली र प्रक्रियालाई खुइल्याएर, जनप्रतिनिधि संस्थाको मानमर्दन गरेर ति संस्थाहरुको अनादर गर्दै, ति संस्थाहरुबाट जनताको विश्वास आस्था हटाउने भरमग्दुर प्रयास गरेर लोकतन्त्र बलियो हुन्छ भन्ने यदि कसैले ठान्छ भने त्यो नितान्त भ्रमपूर्ण कुरा हो ।

नेपाली कांग्रेस छटपटाएको छ । अलिकति छटपटि बुझ्न सकिन्छ । कांग्रेसको इतिहास १५ सालको दुईतिहाईबाट शुरु भएको हो । हेर्दै हेर्दै कांग्रेस कमजोर हालतमा पुग्यो । यस कुरालाई नेपाली कांग्रेसले सहन सकेको छैन । सहन सकेको छैन भने नसहने विधि जनताको विचमा जाने, सहि कुरा र विचारहरु लिएर जाने । जनताको मन मस्तिस्क जित्ने, जनतालाई स्पष्ट पार्ने हो भ्रम पार्ने होइन् । लोकतन्त्रलाई सुदृढ गरेरै कांग्रेस अगाडी जान सक्छ । कमजोर पारेर होइन् । कांग्रेस कुनै दिन सरकारमा पुगेका बेला विपक्षीमा रहेको दलले यही गर्यो भने जस्तालाई त्यस्तै गरे भने के होला । लोकतन्त्र के हुन्छ । कांग्रेस आफुले भने जस्तो भएन भने प्रधानन्यायाधिश माथी महाअभियोग राख्न पुग्छ । उत्तेजनामा, उत्तेजना शान्त भएपछि दुई बाल्टी चिसो पानी खन्याएपछि फिर्ता लिन्छ । यस्तो उत्तेजनाको राजनीति गर्नुहुदैन ।

(प्रधानमन्त्रीसँग जनता विषय कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति )