काठमाडौं, भदौ १५ । गृहमन्त्री रमेश लेखकले हैजाबाट प्रभावित क्षेत्र बीरगंज पुगेर नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत बिरामी तथा चिकित्सकहरूसँग भेट गर्नुभएको छ।
गृहमन्त्री लेखकले फेसबुकमार्फत् जानकारी दिँदै अस्पताल भ्रमणका क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीहरूको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्नुका साथै अन्य अस्पतालमा समेत पुगेर उपचारको अवस्था बुझ्नुभएको उल्लेख गर्नुभएको छ।

उहाँका अनुसार उपचार सहज रूपमा भइरहेको र चिकित्सकहरूले महामारी नियन्त्रणका लागि प्रयास भइरहेको जानकारी दिएका छन्। बिरामीहरूको उपचारप्रति अस्पतालको व्यवस्थापन प्रभावकारी देखिएको र प्रकोप क्रमशः नियन्त्रण हुँदै गएको जानकारी प्राप्त भएकाे गृहमन्त्री लेखकले बताउनुभएकाे ५ ।
हैजा नियन्त्रणका लागि सरकार गम्भीर रहेको जनाउँदै गृहमन्त्री लेखकले भन्नुभएको छ, ‘हैजाको प्रकोप नियन्त्रणका लागि सरकारबाट सम्पूर्ण काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
हाल बीरगंजमा हैजाका विरामीको संख्या बढे पनि स्वास्थ्यकर्मीहरूको सक्रियता र तत्कालीन व्यवस्थापनका कारण महामारी नियन्त्रणतर्फ प्रगति भएको सरकारी स्रोतहरूले जनाएका छन्।













प्रतिक्रिया दिनुहोस्