जनता टाइम्स

१६ भाद्र २०८२, सोमबार १६:५९

बाबियाखर्कमा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्न निःशुल्क जग्गा


रामेछाप, भदाै १६ । रामेछाप नगरपालिका–८ बाबियाखर्ककाे  सहरी स्वास्थ्य केन्द्र स्थापनाको लागि दुई जनाले निःशुल्क जग्गा दान गर्नुभएको छ ।

स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय उद्धवप्रसाद घिमिरेलेले १४ आना र लीलानाथ घिमिरेले ८ आना गरी  २२ आना जग्गा सहरी स्वास्थ्य केन्द्रको नाममा दान गर्नुभएको हो । आइतबार मालपोत कार्यालय रामेछापमा रजिस्ट्रेसन पास गरी उक्त जग्गा औपचारिक रूपमा स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको छ ।

जग्गा अभावका कारण गाउँमा सहरी स्वास्थ्य केन्द्रको भवन बन्न नसक्दा ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका, शारीरिक अशक्त व्यक्ति र दीर्घरोगी बिरामीलाई उपचारको लागि रामेछाप वा मन्थली जानु पर्नु बाध्यता थियो । घिमिरेले सो सहयोगले गाउँमा उपचारको सहज पहुँच स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । जग्गा भएपछि सहरी सहरी स्वास्थ्य केन्द्रको आफ्नै भवन बन्न छ । जसले सेवामा सहजता हुने छ ।